
दमक,१४ जेठ। झापाको दमक ४ ताराबारीमा कुटपिटबाट एक जना घाईते भएका छन् । स्थानीय ३५ बर्षिय किरण विमली र उनको परिवारका सदस्यले कुटपिट गरेर घाईते बनाएका स्थानीय अग्नी प्रसाद उप्रेतीको उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड लगिएको छ । विमली र उप्रेती परिवारबीच त्यहाँ जग्गाको सिमाना सम्बन्धिको पुरानै विवाद थियो ।
बिहिबार दिउँसो करिब ३ बजेतिर विमली र उनको परिवारका सहित ३ जनाले उप्रेतीको घरमै गएर सांघातिक आक्रमण गरी आग्लोले हिर्काउँदा उप्रेती घाईते भएका हुन । इलाका प्रहरी कार्यालय दमकमा सो बिषयमा घटना लगत्तै निवेदन परेको छ । प्रहरीले आरोपित बिमलीलाई अहिले सम्म पक्राउ नगरेको बताइएको छ ।