बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन

विराटनगर,१४ जेठ । व्यावसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान ) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचाररत ४७ बर्षिय न्यौपानेको आज शुक्रबार बिहान निधन भएको हो । स्थिति गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको सञ्जाल विस्तारमा न्यौपानेको महत्त्वपूर्ण योगदान छ । स्थापनामा मार्केटिङबाट प्रवेश गर्नुभएका न्यौपानेले विगत एक दशकदेखि स्टेशन म्यानेजर भई सप्तकोशी एफएमलाई उचाई प्रदान गरेका थिए ।

न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य लगायतका जिम्मेवारी सम्हालिआएका थिए ।

Leave a Reply

Your email address will not be published.