
कमल,१४ जेठ । तीन दिन अघि झापाको कमल गाउँपालिका वडा न. मन्दिर डाँडाको एक घरमा बस्दैआएको वेवारिसे वृद्धको पहिचान भएको छ ।
मृतकको साथमा रहेको झोला खानतलासी गर्दा उनको नागरिकता फेला परेपछि पहिचान खुलेको हो । पहिचान खुलेपनि एक दिन ढिला मात्र उनका नजिकका आफन्त सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका हुन् । उनी पाँचथर जिल्ला साविक आङसराङ वडा न. ७ थेमुगाका बुबा हर्कध्वजका छोरा मान बहादुर आङदेम्बे रहेका छन् । मृतकको जन्म विस. २००९ साल बैशाख २ गते छ ।
झोलामा नागरिकतासहित नगद १ लाख ४५ हजार बढी रुपैया फेला परेको थियो । नागरिकता अनुसार त्यस आसपास ती वृद्ध जनमन गरि अर्काको घरमा लामोसमयदेखि बस्दैआएका थिए ।
वडाध्यक्ष पृथीपति राईका अनुसार वृद्धा दुई दशक बढी समयदेखि गेउरिया आसपासका विभिन्न घरका दैनिक कामकाज गरि जिविकोपार्जन गरिआएका थिए । जहाँकाम गरयो,त्यही बस्ने गरिआएका उनको मृत्युपछि त्तत्काल नजिकका आफन्त्,नातागोता सम्पर्क गरेपनि सम्पर्क हुन नसकेपछि जनप्रतिनिधि,भद्रभलादमी र स्थानीयको रोहबरमा कमल ७ को जंगलमा अन्त्येष्टि गरिएको थियो ।
बृद्धको दुखद खबर लगत्तै वंशज समेत रहेका पत्रकार बिष्णु सुब्बाले आङदेम्बेहरुको गु्रपमा पोष्ट गरेपछि पहिचान गर्न सजिलो भएको हो । सामाजिक अगुवा पकन्दी आङदेम्बेले सामाजिक सञ्जालकै माध्यमबाट मृतक बृद्धको थप पहिचान खुल्न सहयोग पुगेको बताए । उनका अनुसार २०३० सालतिर पहाडवाट पारिवारिक किचलोका कारण मधेस झरेका उनी त्यसयता खासै सम्पर्कमा थिएनन् । पारिवारिक बेमेल भएकै कारण उनको सन्तान थिएन । शुरुमा पहाडदेखि मधेस झर्दा झापाको शिवसताक्षीस्थित लालझोडामा बसेको भएको भनिएपनि त्यसयता कहाँ बस्दैआएका थिए पत्तो नभएको उनले बताएका छन् । दिपेन्द्र आङदेम्बेका वडाबुबा मृतक भएको खुलेको छ ।
पकन्दीका अनुसार उनी अहिले काठमाडौंमा बस्दैआएका र पहाडमा नजिकका आफन्तले मृत्यु संस्कार गरिरहेका छन् । मृत्यु संस्कार र हालको अवस्थामा केहि सुधार आए लगत्तै घटनास्थलमा आउने तय गरिएको उनले वताए ।