दमकमा सुकुम्बासी माथि दमनको विरोधमा विप्लव नेकपा

दमक,१३ जेठ ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले जिल्लाको दमकमा केहिदिन अघि सुकुम्बासी बस्ती माथि भएको दमनको निन्दा गर्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ।
यही जेष्ठ १० गते दमक नगरपालिका वार्ड नं ७ स्थित पन्चमुखी टोलको सुकुम्बासी बस्ती माथी मेयर रोमनाथ ओली र वडाध्यक्ष भिम पौडेलको प्रत्यक्ष संलग्नता र जिल्ला प्रसाशन कार्यलयको निर्देशनमा गरिएको दमन प्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै जिल्ला सचिव प्रशान्तले आज प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिएका हुन्।

यतिबेला कोरोनाको दोस्रो चरणले देशै भरी निषेधाज्ञा जारी रहेको अवस्था रहेको , श्रमजीवी जनताले दैनिक गुजाराका लागि संकट झेलिरहेको परिस्थिति रहेको र दलाल राज्य सत्ता यसको निकासको सट्टा उल्टो पाल टांगी कष्ट साथ बसिरहेका सुकुम्बासीहरु माथी आफ्नो शक्ति दुरुपयोग गर्दै बस्ती उठाउने काममा लाग्नुले आफुले बनाएको कानुनको पनि धज्जिया उडाएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ।

विज्ञप्तिमा ‘यस्तो संबेदनसिल अवस्थामा राज्यको निकृष्ट रबैया प्रति हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दे त्यस्ता दलाल सरकारका प्रतिनिधि राज्यका विभिन्न निकायमा रहि जनतालाई दमन गर्ने र भ्रष्ट , दलालहरुलाई संरक्षण गर्ने खेलमा ब्यस्त रहेको आरोप लगाईएको छ । यसैको निरन्तरता दमकका सुकुम्बासीहरु माथि पटक पटक भएको अमानवीय आक्रमणको शृङ्खलाले पुष्टि गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि समेत पार्टीले सुकुम्बासीहरु माथी भएको दमनको पटक पटक हाम्रो पार्टीले चेतावनी संगै संघर्ष समेत गरिरहेको र नगरपालिकाले त्यस्ता गलत कार्य वन्द नगरे त्यसवाट पैदा हुने विषम परिस्थितिको जिम्मेवार स्वम स्थानीय सरकारनै जवाफदेहि हुनुपर्ने चेतावनी दिईएको छ ।
यसैगरि नेकपा माओवादी केन्द्रदमकले पनि दमक ७ का दुई स्थानका सुकुम्बासीका घरटहरा भत्काएर उठिबाँस गराउने कार्यको विरोध जनाएकाृे छ ।

Leave a Reply

Your email address will not be published.