हिलिहाङका वडाध्यक्षसहित दुई जनाको मृत्यु

बिर्तामोड ,१३ जेठ । झापामा आज विहान एक जना वडाध्यक्षसहित दुई जनाको मृत्युभएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष श्रीप्रसाद शिगुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विगत १६ दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको थियो । भेन्टिलेटरमा लामो समय राखेर उपचार भइरहेकै बेला शिगुको आज बिहान ८ बजे मृत्यु भएको उनका दाइ सर्ण शिगुले बताए ।
नेपाल कम्युनिस्ट पार्टी(एमाले ) जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका शिगुका एक छोरा र छोरी छन् ।
भद्रपुरका कोरोना संक्रमितको मृत्यु

भद्रपुरका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा न ९ का ३९ वर्षीय पुरुष रहेका छन् ।उनको विहबिार विहान बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भद्रपुर नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले जानकारी दिए ।

योसँगै भद्रपुरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.