झापा,१० जेठ । प्रतिनिधिसभा विगठन गरि सरकारले दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेको प्रति लिम्बूवान राष्ट्रिय मोर्चाले विरोध गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष मुक्साहाङ मेन्याङवो र महासचिव पकन्दी आङदेम्बेले आज प्रेस विज्ञप्ति जारी गरि लामो त्याग र वलिदानीपूर्ण संघर्षबाट अहिलेसम्म प्राप्त भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष राज्य, समानुपातिक समावेशीता जस्ता जे जति उपलब्धीहरुलाई रक्षा गर्नका सटा तीनलाई समाप्त पार्ने र मुलुकलाई फेरि प्रतिगमनतर्फ धकेल्ने कार्य भएको उल्लेख गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के। पी शर्मा ओलीको मिलेभगतमा संविधान कमजोर वनाएर देशलाई अन्धकार तर्फ धकेल्न उद्धत भएको विज्ञप्तिमा जनाईएको छ । मोर्चाले यस्ता प्रतिगमनकारी कार्यको घोर आपत्ति जनाउदै त्यस्ता हर्कतहरुका विरुद्धमा देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । मोर्चाले प्रतिनिधिसभाका बहुमत सदस्यहरुवाट प्रधानमन्त्रीमा दावी गरिएका शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउन विधिसम्मत हुदाँ हुदै सरकार र राष्ट्रपतिको मिलेभगतमा संसद भंग गरि निर्वाचन घोषणा गरिनु जायज नभएको समेत ठहर छ ।