काठमाडौं,९ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए ।
थप १९३ जना कोरोना संक्रमितको मृत्यु
नेपालमा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।
उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।