आम्दा अस्पतालमा बिरामीलाई निशुल्क खानाको व्यवस्था

दमक,९ जेठ । दमकको आम्दा अस्पतालमा उपचारका लागि आउने कोभिडका बिरामी र कुरुवालाई निशुल्क खाना खुवाउन थालिएको छ । स्थानीय युवाहरुको पहलमा शनिवारदेखि त्यहाँ खाना खुवाउन थालिएको हो । अस्पताल अगाडीका सबै पसल बन्द भएपछि बिरामी र आफन्तले समस्या भोग्दै आएका थिए ।
अभियानमा सलग्न गोपाल थापाका अनुसार शनिबारदेखि दैनिक रुपमा खाना खुवाउन थालिएको र त्यसलाई सहज नभएसम्म दैनिक रुपमा खाना खुवाउने कार्य जारी राख्ने वताए । उनले महामारीको चपेटा उपचार गर्न आउने संक्रमित तथा बिरामीहरु भोकै बस्नु नपरोस भनेर दैनिक खानाको व्यवस्था गरिएको बताए ।

खाना व्यवस्थापनका लागि थापाको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा सुरेस काफ्ले, सचिवमा शम्भु भण्डारी, सहसचिव देवेन्द्र काफ्ले र कोषाध्यक्षमा गणेश श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा अमृत अधिकारी, कृष्ण खड्का ,टंक काफ्ले ,पिताम्बर दाहाल, रविन्द्र खड्का, धनबहादुर बस्नेत,दुर्गा बहादुर खडका, भवानी बराल,जीवन रोक्का,विशाल धौराली लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.