वडाध्यक्ष कटुवालले दिए संक्रमितलाई स्वास्थ्य सामाग्री

दमक,८ जेठ । कमल गाउँपालिका वडा न. १ का वडाध्यक्ष केदार कटुवालले आफना वडाका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्रीहरु दिएका छन् ।
उनले आफनो निजी खर्चमा कोभिड संक्रमणबाट घरमै उपचार गरिआएका १७ जना संक्रमितहरुलाई भिटामिन ,पारासिटामोल,सेनिटाईजर ,माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु दिएका हुन् । संक्रमितहरुको स्वास्थ्य अवस्था बुझदै वडाध्यक्ष कटुवालले ती स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन् । वडाको बाँसबारी,सोलमारी,सराङपाडालगायतका स्थानमा संक्रमण देखिएको उनले जनाए ।
कोरोनाबाट संक्रमण भएर होम आइसोलेसनमा बसेका सवैलाई त्यसै किसिमका आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरिने समेत वडाध्यक्ष कटुवालले बताएका छन् । सामाजिक कार्यमा सक्रिय युवा व्यक्तित्व वडाध्यक्ष कटुवालले यसअघि आफनो नीजि खर्चमा यहाँ विभिन्न परोपकारी कार्यहरुमा सहयोग गरिआएका छन् ।
यसैवीच कमलमा दोश्रो भेरियन्टबाट हालसम्म १२६ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published.