
झापा ,८ जेठ । झापा मेचीनगर नगरपालिका- ६ बद्री टोल स्थितबाट लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक -५ की २१ बर्षीया समिता राई रहेका छन् ।
शुक्रबार दिउसो १ बजे लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सूचानाको आधरमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउनसुगर ५ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।