
दमक,७ जेठ । कमलनगर जेसीजका संस्थापक अध्यक्ष तथा दमकका युवा व्यवसायी रुपनारायण न्यौपानेले दमक र कमल गाउँपालिकाको कोभिड विपत कोषमा २० हजार सहयोग दिएका छन् ।
उनले ती पालिकाको बिपत ब्यवस्थापन कोषमार्फत कोभिड संक्रमण रोकथाम तथा उपचारमा सघाँउ पुरयाँउन उद्देश्यले जनही रु १० हजार सहयोग उपलव्ध गराएका हुन् । विपतको वेला व्यक्तिगत रुपम थोरै भएपनि सहयोग पुरयाँउन उनले स्वेच्छिक रुपमा सहयोग गरेको बताएका छन् ।
सहयोग प्रदान गरेर उनले सामाजिक सञ्जालमा भनेका छन् , –‘गणितीय हिसाबले मेरो यो सहयोगले धेरै हिस्सा नओगटे पनि सामाजिक चिन्तन र जिम्मेवारीको हिसाबले महत्वपूर्ण ठाउँ लिने छ,भन्ने कुरामा बिश्वस्त छु ।’
यसैगरि आजनै कमलनगर जेसीज र कामना मिनि मार्ट , ओरन्टल मिनि मार्ट अमेरिकाको सहयोगमा कमल गाउँपालिका भित्रका सुरक्षाकर्मीहरुलाइ स्वास्थ्य सामाग्रीहरू वितरण गर्नुका साथै कमल गाउँपालिका वडा नं १ माझी गाउँका बिपन्न परिवारका ३० घर धुरीलाई समेत खाध्य सामग्रीहरु वितरण गरिएको थियो ।