इटहरीको ८ नम्बर वडा शिल


इटहरी, २८ बैशाख, सुनसरीको इटहरी उपमहानगरपालिका–८ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडाको केही क्षेत्र लाई सिल गरेको छ । वडा कार्यालयले बिजुली आफिस र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न आफ्नो वडा क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसल लगायत बन्द गर्न निर्देशन दिएको छ । इटहरी ८ निवासी ५५ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य शाखा इटहरी उपमहानगरपालिकाले जानकारी गराएको हो । कोरोना संक्रमणका कारण महिलाको मृत्यु भएपछि, इटहरी वडा नंम्बर ८ कार्यलयले बिजुली आफिस वरिपरिको क्षेत्र वैशाख २९ गतेसम्मका लागि सिल गरेको सूचना सार्वजनिक गरेको छ । स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको जनाएको छ । वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published.