काठमाडौँ,२६ बैशाख । कोभिड शुरु यता आज एकैदिन हालसम्मकै धेरै संक्रमितको मृत्युभएको छ । पछिल्लो २४ घण्टामा ८८ जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो विवरण हालसम्मकै धेरै भएको मन्त्रालयले जनायो ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितले ज्यान गुमाएका हुन् भने अन्य ३६ जना मृतकको विवरण पनि २४ घण्टामै थप प्राप्त भएको हो ।
उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारमा थप ३६ मृतकको विवरण प्राप्त भएको हो ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७२० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।