हुलाकी सडकमा बाङ्गोटिङ्गो नाला बनेपछि स्थानीयद्वारा विरोध


गौरीगञ्ज २५ बैशाख । निर्माणाधिन हुलाकी सडक खण्ड अन्तर्गत झापाको गौरीगंज गाउँपालिका वार्ड नं ३ स्थित बजार क्षेत्रमा निर्माण भएको नालाका विषयमा विवाद भएको छ ।
गौरीगंज चौकदेखि नहरसम्म करिब ५ सय मिटर क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नाला निर्माण गर्दा बाङ्गो टिङ्गो बनाएपछि स्थानीयले विरोध गरेका हुन्
हुलाकी सडक आयोजनाको परिपत्र अनुसार सरकारी अमिनले जनप्रतिनिधिको रोहवरमा सडकको सिमाना छुट्टाएको थियो । तर सिमाना छुट्टाए पनि केही बोलबाला व्यक्तिहरूको हालीमुहाली हुदाँ सडक मिचेर सडकको दुवै तिर नाला बाङ्गो बनाए पछि स्थानीयवासीहरू आक्रोशित भएका हुन् ।
हुलाकी सडकको पश्चिम रतुवा खोलादेखि पूर्व माईखोलासम्म क्षेत्रमा नक्सामा कही पनि नागवेली स्वरूपको सडक नरहेपनि गौरीगंज चौक क्षेत्रमा यसरी बाटोको स्वरूप बदल्नुले बोलवाला व्यक्ति र जनप्रतिनिधिहरूको मिलेमतो रहेको स्थानीयहरूले आशंका गरेका छन् ।
गौरवको आयोजनाको रूपमा चिनिएको हुलाकी सडकको निर्माण कार्य अन्तिम अवस्थामा यसरी विवाद सिर्जना हुनुले नागरिकस्तरमा नकरात्मक असर पर्न गएको छ भने जनप्रतिनिधिहरूको लापरवाही भएको स्थानीयको भनाई छ ।

स्थानीयका अनुसार बजार क्षेत्रमा गेउरिया पुलदेखि नहरसम्म वडाध्यक्ष महतोकै अदुरदर्शिताका कारण लामो समयदेखि यो बाटो बिबादित वनेको छ । बिबाद सिर्जना भएको एक वर्ष पछि गत फागुन २४ गते नापी कार्यालय दमकको प्रतिनिधिले सो सडक नक्सा अनुसार नापेर सीमा निर्धारण गरेका थिए । तर गत चैतदेखि सो बिबादित खण्डमा नहर पश्चिम चोकसम्म काम शुरु गर्दा नापी कार्यलयको नापजाँचलाई समेत अटेर गरि वडाध्यक्ष महतोकै नेतृत्वमा बाँगोटिँगो नाला खन्ने थालिएको थियोे । नाला बाँगोटिँगो खन्न थालेपछि स्थानीय युवा निरज शर्माले बिरोध गर्दा उनलाई वडाध्यक्ष महतोले तिमी मान्छे उचाल्ने काम नगर भनि उल्टै हप्काएका थिए ।
स्थानीय पत्रकार मदन राजवंशीले नाला बाङ्गोटिङ्गो बनाई सडकको स्वरूप बिग्रिएको भिडियो नै सामाजिक सञ्जालमा यर्थाथ प्रस्तुत गरेपछि त्यस कार्यप्रति चौतर्फी विरोध आएको थियो ।
निर्माणाधिन सडकको त्यस क्षेत्रमा सबै तिरबाट विरोध आएपछि आज शनिबार विहान गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठसहित वार्ड नं ३ का वडा अध्यक्ष मखना महतोसहितको टोली त्यस क्षेत्रमा पुगेका थिए ।
नाला र सडक निरीक्षणका क्रममा स्थानीवासीहरूले नक्सा बमोजिम नाला सिधा बनाईनु पर्ने जनप्रतिनिधिसंग माग राखेका थिए । त्यसक्रममा नाला बाङ्गो भएको विषयमा स्थानीय पत्रकार राजवंशीले भिडियो रेकर्ड गरिरहदाँ उनीसंगै वडा अध्यक्ष महतोसंग भनाभन हुन पुगेको थियो । त्यसक्रममा वडाध्यक्ष महतोले पत्रकारको क्यामेरा वन्द गर्न पटक पटक चेतावनी दिदै दुव्र्यवहार गर्न खोजेका थिए ।उनले भिडीयो नखिच्न पटक पटक पत्रकारलाई धम्क्याएका थिए ।
यसैवीच गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले विकास निर्माणमा सवैले साथ सहयोग गर्नु पर्ने बताउँदै विवादित नालाको विषयमा सर्वदलिय वैठक बोलाई समस्याको सामाधान गर्ने बताए ।

Leave a Reply

Your email address will not be published.