विर्तामोडमा अब टेम्पोले निशुःल्क एम्बुलेन्स सेवा दिने


बिर्तामोड २५ बैशाख, झापाको विर्तामोड नगरपालिकाले सेवालाई सहज गर्ने उदे्रश्य निःशुल्क टेम्पो एम्बुलेन्स सेवा शूरु गरेको छ । नगरपालिकाले कोरोना सङ्क्रमित तथा अन्य बिरामीहरुलाई छिटो स्वास्थ्य सस्थासम्म पुग्न सहजहोस भन्ने उदेश्यले निशुःल्क टेम्पो एम्बुलेन्स सेवा शुरुगरेको जनाएको छ । यो कार्यक्रमले नगरबासीलाई ठूला निजी अस्पतालसम्म पुग्न सहजहुने आशा गरिएको छ।
यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुरयाउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.