वीपीमा तेह्रथुमकी २० बर्षीया संक्रमित युवतीको मृत्यु

धरान,२५ बैशाख । तेह्रथुमकी कोरोना संक्रमित युवतीको यहाँस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मृत्यु भएको छ ।

मृत्यु हुनेमा पञ्चकन्या १ तेह्रथुमकी २० बर्षीया युवती भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ५ बजे कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतक बैशाख १७ गते प्रतिष्ठान भर्ना भएकी थिइन् भने उनलाई बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणवाट उद्योगपति सोनीको निधन

धरानका उद्योगपति रोशन सोनीको कोरोना संक्रमणबाट निधन भएको छ । विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा उपचाररत सोनीको गए राती (शुक्रबार )निधन भएको हो । पिसिआर रिपोर्ट पोजेटिभ आएका सोनीलाई थप समस्या भएपछि उपचारको लागि एक साताअघि विराट मेडिकल शिक्षण अस्पताल लगिएको थियो । उनको हिजो राती करिब १० बजे निधन भएको बताईएको छ ।

सोनी पछिल्लो समय आन्द्रामा समस्या भएर उपचारको लागि भारतको दिल्ली गएका थिए । त्यहाँ अप्रेशन गरेर उनी घर फर्किएका थिए । सोही क्रममा पिसिआर जाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published.