वडाध्यक्षलाई कोरोना, मेचीनगरमा १०४ जना संक्रमित


काकड्भिटटा,२४ बैशाख ।
मेची नगर नगरपालिकाका एकजना वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिका–१५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन ) लाई कोरोना पुष्टि भएको हो ।
रुघाखोकी धेरै लागेपछि पीसीआर परीक्षणका लागि बुधवार जाँच गराउदाँ संक्रमण पुष्टि भएको उनले वताए । श्रीमतीसहित दुवैजना मेची अस्पताल भद्रपुर गएका थियौँ’, वडाध्यक्ष भट्टराईले भने–‘विहीबार मेरोचाहिँ रिपोर्ट पोजेटिभ आएको थियो । तर, श्रीमतीजीको नेगेटिभ आयौँ ।’

मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवका अनुसार संक्रमण देखिएका वडाध्यक्ष भट्टराई अहिले होम आइसोलेसनमा बसेका छन् ।
मेची नगरमा संक्रमितको संख्या १०४ पुग्यो

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ । मृत्यु हुनेको संख्या २ पुगेको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए । उनका अनुसार विहीबार संक्रमितको सम्पर्कमा रहेका ५१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published.