कोभिड अस्पताललाई रु ३ लाख बढीको औषधी प्रदान


दमक,२३ बैशाख । दमक २ बेलडाँगीमा रहेको दमक अस्पतालको कोभिड बिशेष उपचार केन्द्रलाई यहाँका दुई जना व्यवसायीले रु ३ लाख बढी मूल्यका स्वास्थ्य सामाग्रीहरु सहयोग दिएका छन् ।
दमक- ९ निवासी प्यासिफिक फर्माका सञ्चालकद्धय लोमस न्यौपाने र टेकराज न्यौपानेले कोभिड अस्पतालका बिरामीहरुलाई उपचारमा सहयोग पुरयाँउने उद्देश्यले माक्स,पञ्जा,औषधीसहितका आवश्यक सामाग्रीहरु निशुल्क प्रदान गरेका हुन् ।
बुधबार ती स्वास्थ्य सामाग्रीहरु अस्पतालकी अध्यक्ष समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरिएको व्यवसायीद्धय न्यौपाने वताएका छन् ।
महामारीका समयमा थोरै भएपनि सहयोग पुरयाँउन द्धय व्यवसायीले स्वेच्छिक रुपमा ती स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएका हुन् ।
हालै सञ्चालनमा आएको उक्त उपचार केन्द्र ३० वेड क्षमताको रहेको छ ।

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

सामाजिक क्षेत्रमा क्रियाशील सहयोगी हात नेपाल नामक संस्थाले केभिडको संक्रमणबाट जोगिन सुरक्षामा खटिने प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
ती संस्थाका एक टोलीले इलाका प्रहरी कार्यालय, ट्राफिक कार्यालय र स्थानीय प्रहरी बिटहरु पुगेर ग्लोब्स ,माक्स र सेनिटाइजर वितरण गरेको हो। विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट आफू बचौ र अरुलाइ पनि बचाउ भन्ने नाराका साथ अहोरात्र खटिने सुरक्षाकर्मीहरुको मनोबल बढाउने उदेश्यका साथ कार्यक्रम गरिएको सस्थाका अध्यक्ष छवि बास्कोटाले बताए ।
ती सामाग्री वितरण कार्यमा सस्थाकी उपाध्यक्ष रमा लिम्बू ,महासचिव राजु खडका ,सल्लाहकार बिमल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.