बिर्तामोड , १८ वैशाख । कोरोना संक्रमित झापा, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ । उनलाई वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो । स्वास प्रश्वासमा समस्या आएपछि उनलाई बिएन्डसी अस्पताल लगिएको हो । खाम्याहाङको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि बीएन्डसी हस्पिटलको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
जहाँ उनलाई अक्सिजनको सपोर्ट दिएर आइसीयुमा राखिएको र उपचारका क्रममा स्वास्थ्यमा सुधार आइरहेको हस्पिटल स्रोतले जनाएको छ ।
यसैगरि, कोरोना संक्रमित दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य सुरक्षा र उपचारको मापदण्ड पालना गर्दै होम आइसोलेसनमा रहेका छन् ।