प्रदेश १ मा ११ पत्रकार संक्रमित


दमक,१८ बैशाख । कोभिड–१९ को दोस्रो लहर शुरु भएपछि प्रदेश १ मा हालसम्म ११ जना पत्रकारहरु संक्रमित भएका छन् । जसमध्ये झापामा ४, मोरङमा ३, ओखलढुंगामा २, खोटाङमा १ र सुनसरीमा १ जना पत्रकारहरु संक्रमित भएको नेपाल पत्रकार महासंघ प्रदेश महासचिव विवेक गौतमले बताए ।
उहाँका अनुसार संक्रमित सवै पत्रकारहरु अहिले होम आइसोलेसनमा उपचाररत छन् । महासंघ प्रदेश समितिले प्रदेश भरका पत्रकारहरुलाई सचेतना अपनाएर काम गर्न आग्रह गरेको छ । महासंघले सावधानी अपनाउन र भरसक घरबाट नै काम गर्न र वाहिर निस्कनु पर्ने भए स्वास्थ्य मापदण्डको पालना गर्न समेत आग्रह गरेको छ ।
यसका साथै प्रदेश भरका जिल्ला शाखाहरुमा माक्स र सेनिटाइजर वितरण बाहेक अन्य औपचारिक कार्यक्रम तय नगर्न र तय गरिएका कार्यक्रम समेत स्थगन गर्न शाखाहरुलाई आग्रह समेत गरेको एक नम्वर प्रदेश महासंघका अध्यक्ष लिलाबल्लव घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.