कोरोना संक्रमणबाट नगर प्रहरी हवल्दारको मृत्यु


विराटनगर १८ बैशाख। कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिकामा कार्यरत नगर प्रहरी हवल्दारको मृत्यु भएको छ । विराटनगर – ३ का ५७ वर्षिय नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको उपचारको क्रममा नोबेल अस्पतालमा सनिवार बिहान मृत्यु भएको हो । पाँच दिन अघि कोरोना पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए । स्वासप्रश्वासमा समस्या भएपछि नोबेल अस्पतालको आइसियूमा राखिएका उनको उपचारको क्रममा घिमिरेको मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.