सोलुखुम्बुमा कुटपिटबाट १ जनाको मृत्यु

सोलुखुम्बु, बैशाख १८, थुलुङ दुधकोशी गाउँपालिका(७ का ६३ बर्षीय बीर बहादुर राईको कुटपीटबाट मृत्यु भएको छ । बैशाख १० गते राती करिब १० बजेको समयमा स्थानीय ४६ बर्षीय शन्तुराज राई र बीर बहादुर राई बिच सामान्य घरायशी बिषयमा बादबिबाद भई झगडा हुँदा शन्तुराजले बीर बहादुरलाई कुटपिट गरी घाईते बनाएका थिए । घाईतेलाई उपचारको लागी बाँसवारी न्युरो अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो । घटना बारे जानकारी पाए लगत्तै प्रहरीले कुटपिटमा संलग्घन सन्तुराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.