गौरीगंज – १ का वडा अध्यक्षलाई कोरोना

गौरीगंज १८, वैशाख । जिल्लाको गौरीगंज गाउँपालिका वार्ड नं १ का वडा अध्यक्षसहित थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । वडा अध्यक्ष कार्तिक लाल राजवंशीसहित १ महिला र १ पुरूषमा कोरोना संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या सहित गौरीगंजमा २५ जना कोरोना संक्रमित पुगेको छ । वडामा संक्रमण तीव्र रुपमा फैलिएको भन्दै वार्ड नं १ मा वैशाख २० गतेसम्मका लागि निषेधाज्ञा जारी छ ।
उत्तm अवधिसम्म अत्यावश्यक खाद्यान्न र औषधि दिउँसो ३ बजेदेखि ६ बजेसम्म किन्न पाउने र स्थानीय बजारहरू पूर्णरूपमा बन्द गर्ने निर्णय भएको वार्ड अध्यक्ष राजवंशीले जानकारी गराएछन् ।अन्तर्राष्ट्रिय सिमानासंग जोडिएको वार्ड भएकाले सीमामा आवतजावत पूर्णरूपमा रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published.