लेटाङ, १६ बैशाख । लेटाङ नगरपालिका वडा नं। ५ मा लेटाङ नगरपालिकाको कार्यालयको ३ लाख र ५ नं। वडा कार्यालयको ५० हजारको लागतमा बनेको जेष्ठ नागरिक भवनको छाना छाउन लेटाङ नगरपालिकाले जस्तापाता सहयोग गरेको छ ।
लेटाङ नगरपालिका प्रमुख शंकर राईद्धारा बुधबार ५० पाता जस्ता हस्तान्तरण गरेका हुन। सो अवसरमा जेष्ठ नागरिकहरु अभिभावक भएकाले उनहरुको लागि नगरपालिका सदैव सहयोगी हुने लेटाङ नगरपालिकाका प्रमुख राईले वताए । उनले जेष्ठ नागरिकहरुका लागि आफुले नगरको नेतृत्व गरेदेखिनै धेरै सहयोगी भएर काम गरिरहको स्मरण गराउदै आगामी दिनहरुमा पनि सहयोगलाई जारि राख्ने प्रतिवद्धता ब्याक्त गरे ।