उदयपुरमा सवारी दुर्घटना १ जनाको मृत्यु १२ जना घाईते

उदयपुर, बैशाख १५, उदयपुरको उदयपुरगढी ७ मा आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान पौने १२ बजेको समयमा उदयपुरगढीबाट गाईघाट तर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बलेरो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा बलेरोमा सवार रहेका १३ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट पठाईएकोमा उदयपुरगढी गाउँपालिका(१ का ३७ बर्षीय शिव खत्रीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगर पठाएको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.