
दमक १५ बैशाख । दमकस्थित लाईफलाईन अस्पतालमा मिगौला विरामीका लागि डाईलोसिस शुरु गरिएको छ । अस्पतालले आज पहिलो पटक परीक्षणका रुपमा एक जना विरामीको डाईलोसिस गरिएको जनाएको छ ।
केहि समय अघि रोटरी क्लब दमकले लाईफलाईन अस्पताललाई करिब ८० लाख मूल्य बराबरमा चार वटा डाईलोसिस मेशिन सहितका अन्य उपकरणहरु अस्पताललाई हस्तान्तरण गरेको क्लबका निवर्तमान अध्यक्ष सन्दिप चापागाई (दिपु)ले जानकारी दिए । क्लबले उपलब्ध गराएको मेशिनबाट आज पहिलो पटक परीक्षणका रुपमा एक जना विरामीको डाईलोसिस गरिएको उनले बताए ।

मेशिन सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको र यहि बैशाख महिना भित्रैबाट नियमित रुपमा डाईलोसिस सेवा सञ्चालनमा आउने चाँपागाईले बताए । यसअघि सम्म दमक लगायत आसपासका क्षेत्रका जटिल प्रकृतीका विरामीहरुले यो सेवा लिन बिर्तामोड, चन्द्रगढी, विराटनर, धरान जानुपर्ने बाध्यता रहिआएको थियो । अब दमकबाटनै डाईलोसिस सेवा सञ्चालनमा आउने भएपछि विरामीले जोखिम मोलेर अन्यत्र जानुपर्ने बाध्यताको चाँडै अन्त्य हुने भएको छ ।