झापा र मोरङका संक्रमितको विराटनगरमा मृत्यु

दमक,१५ बैशाख । कोरोना भाइरस संक्रमित झापा र मोरङका दुई पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बुधबार बिहान ४५ र ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ,कटहरी गाउँपालिका–२ का ४५ वर्षीय सङ्क्रमित पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले दिए ।
मृत्यु भएका पुरुषमा निमोनियाको पुरानै समस्या रहेको उनको भनाइ छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो । त्यस्तै झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई वैशाख १३ गते सोमबार अस्पताल भर्ना गरिएको थियो ।

सङ्क्रमित पुरुषको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए । मृतकमा मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.