मंगोल नेशनल अर्गनाइजेशन मेचीनगरको अधिबेशन सम्पन्न


झापा,१२ बैशाख । मंगोल नेशनल अर्गनाइजेशन मेची नगर सभाको तेस्रो नगर अधिबेशन शनिवार सम्पन्न भएको छ । मेची नगरपालिका १० स्थित पासाङ ल्हामु जेसिज प्रतिष्ठानको सभाहलमा सम्पन्न तेस्रो नगर अधिबेशनले सिनारा मेचे अध्यक्षतामा २६ सदस्यीय मेची नगर सभा गठन गरेको छ । तेस्रो नगर अधिबेशन मूल आयोजक सभाका संयोजक सागर दर्जीको अध्यक्षता एबम संगठनका केन्द्रीय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यता तथा केन्द्रीय प्रवक्ता दिलिप धिमाल र वरिष्ठ केन्द्रिय सदस्य शान्ति लाल धिमालको विशेष अतिथिमा अधिबेशन सम्पन्न भएको हो ।
१५ औं लोकतन्त्र दिवसको अवसर पारेर सम्पन्न भएको नगर अधिबेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तामाङले लोकतन्त्र दिवसको उपलक्ष्यमा सबै लाई शुभकामना दिदै लोकतान्त्रिक ब्याबस्थामा मात्र सबैको हक अधिकार सुनिश्चित हुने बताए । त्यस्तै उहाले आउदो दिनमा हुने जुन सुकै तहको चुनावको तयारी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु सान बहादुर मेचे , श्याम लिम्बू , १ न प्रदेश अध्यक्ष भास्कर चाम्लिङ , सदस्य देब नारायण धिमाल,गण्डकी प्रदेश सभा सह सचिब अनिता थापा मगर , झापा अध्यक्ष लासिमहाङ लिम्बू ,भद्रपुर नगर अध्यक्ष जयन मगर , दमक नगर अध्यक्ष दिपेश राई , कमल गाउँ अध्यक्ष प्रेम लिम्बू र चुलाचुली गाउँ अध्यक्ष चन्द्र केरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिबेशनमा मंगोल कलाकारहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा केन्द्रीय पदाधिकारीहरु , प्रदेश सभाका पदाधिकारीहरु , जिल्ला सभा एबम गाउँ नगर सभाका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नगर सभाका कोषाध्यक्ष किशोर धिमालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सिनारा मेचे संचालन गरेकी थिईन । कांग्रेस आमन्त्रित

Leave a Reply

Your email address will not be published.