
दमक,६ बैशाख । दमक ९ मा रहेको निम्स नेशनल अस्पताल दमकले आजदेखि थप सेवा विस्तार गरेको छ ।अस्पतालले आज सोमबार यहाँ एक कार्यक्रम गरि सघन उपचार कक्ष ९आइसीयू ० र एनआइसीयूको एकैसाथ सेवा विस्तार गरेको हो । आइसीयू ,एनआइसीयू दुवै पाँच , पाँच शैयाको हुने छन् ।
ती दुवै सेवाको शुभारम्भ नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले गरेका हुन् । सेवा विस्तारको उद्घाटन गर्दे नगर प्रमुख ओलीले निजी क्षेत्रका स्वास्थ्य संस्थाले पुरयाँएको योगदान अव्वल भएको औल्याए । उनले छोटो समयमानै अस्पतालले यहाँका लागि गुणस्तरिय स्वास्थ्य सेवा पुरयाँएको चर्चा गरे ।
अस्पतालको अध्यक्ष बलभद्र कोईरालाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दमक वार्ड न। ९ का वडा अध्यक्ष रामबहादुर धिमाल लगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा अध्यक्ष कोइरालाले अस्पतालको अवस्था ,सेवा र भाबी योजनाहरुको बारेमा जानकारी गराएका थिए । अध्यक्ष कोइरालाका अनुसार चार वर्ष अघि भाडाको घरमा शुरु गरिएको अस्पताल अहिले आफनै सुविधासम्पन्न भवनमा सञ्चालन हुदैआएको छ ।
२५ शैयाको सो अस्पतालले २४ सै घण्टा सेवा घण्टा गुणस्तरिय स्वास्थ्य सेवा पुरयाँउदैआएको उनले जनाए ।
सोहि अवसरमा अस्पतालले नयाँ बर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यधक्रम समेत सम्पन्न गरेको अस्पतालका सञ्चालक गणेश प्रधानले वताए ।