रिभर भ्यू हेरिटेज एण्ड रिसोर्टमा सर्वसाधारणको आर्कषण बढ्दो


दमक बैशाख ३, नयाँ बर्षको अवसर पारेर आन्तरिक पर्यटकहरुको नयाँ गन्तव्य बनेको झापाको कमल ५ स्थित रिभर भ्यू हेरिटेज एण्ड रिसोर्टको २ दिनमा करिब एक लाख भन्दा बढी सर्वसाधारणले अवलोकन गरेका छन ।

वैशाख १ र २ गते सो संख्यामा आन्तरिक पर्यटकहरु रिसोर्ट भित्रका मनोरम दृश्यको अवलोकनका लागि आएका सञ्चालक रुद्र कार्कीले बताए । रिसोर्ट भित्र बालबालिकादेखि युवा युवती र बृद्धबृद्धा सम्मका लागि मनोरञ्जनको व्यवस्था मिलाइएको छ ।

रिसोर्टमा पहिलो दिन लागेको भिडलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । पहिलो दिन चर्चित गायिका इन्दिरा जोशीले प्रस्तुति दिएकी थिइन भने शुक्रबार युवा पुस्ता माझ लोकप्रिय गायिका मेलिना राईको प्रस्तुति रहेको थियो ।

७ बैशाखमा चर्चित गायक प्रमोद खरेलका साथमा सो रिसोर्टमा रात्री भोज गर्न सकिनेछ । रिसोर्ट भित्र सेल्फी खिच्न र मनोरञ्जनका अन्य सामाग्रीहरु समेत राखिएकाले आन्तरिक पर्यटकहरुको भिड लागेको हो । त्यहाँ मनोरञ्जनका साथै खाने कुराका विभिन्न परिकारहरु पारिवारिक रमाइलोका साथमा लिन सकिने जनाइएको छ ।

एक लाख भन्दा बढी सिसाका बोतलको प्रयोगबाट बनाइएको बोतल हाउस, विभिन्न कलाकृतिहरु त्यहाँका आकर्षण हुन ।

Leave a Reply

Your email address will not be published.