भुजेल समाजद्वारा बालगृहलाई पलङ हस्तान्तरण

उर्लाबारी ,२१ कार्तिक । भुजेल समाज सेवा समिति उर्लाबारी नगर समितिले मोरङको उर्लाबारी–७ स्थित नमुना बालगृहलाई १० थान फलामे पलङ हस्तान्तरण गरेको छ ।
बालगृहमा आश्रित बालबालिकाहरुको सुविधालाई ध्यानमा राख्दै सुत्ने फलामे पलङ उपलब्ध गराएको कार्यक्रम संयोजक महेन्द्र भुजेलले बताए ।
उनका अनुसार आश्रममा हालै संक्षिप्त कार्यक्रम गरि संस्थागत रुपमा उक्त सहयोग उपलव्ध गराएका हुन् । राहत सामाग्री वितरण कार्यक्रममा भुजेल समाज सेवा समिति उर्लाबारी नगर समितिका अध्यक्ष पुष्करराज भुजेललगायत समितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखीय सहभागिता रहेको थियो।
सहयोगी सामाग्री हस्तान्तरण गर्दे अध्यक्ष पुष्पकराज भुजेलले जातिय संस्थाका रुपमा विभिन्न सामाजिक कार्यहरु गरिआएको यस संस्थाले समाजप्रतिको दायित्व निर्वाह गर्दै बालगृहलाई आवश्यक सामग्री सहयोग गरिएको र यस्ता कार्यलाई निरन्तरता दिने उल्लेख गरे । आश्रममा करिव चार दर्जन बढी सहाराविहीन बालबालिकाहरु आश्रित रहेका छन् ।

Leave a Reply

Your email address will not be published.