व्यवसायी सुवेदीले प्रहरी कार्यालयमा जडान गरिदिए फिल्टर

दमक ,२२ भदौं । दमकका युवा व्यवसायी विपिन सुवेदीले आफ्नी हजुरआमा विष्णुमायाको स्मृतिमा इलाका प्रहरी कार्यालय दमकमा करिव रु. २ लाख ५० हजार बराबरको प्रविधियुक्त पानी फिल्टर जडान गरि हस्तान्तरण गरेका छन् ।
सोमबार प्रहरी कार्यालय परिसरमा एक कार्यक्रम गरि दाता सुवेदीले उक्त मेसिन हस्तान्तरण गरेका हुन् । उनका अनुसार जडित फिल्टरबाट स्वच्छ चिसो पानी उपभोग गर्न सकिने छ ।
प्रहरी कर्मचारी तथा सेवाग्राहीलाई स्वच्छ र चिसो खानेपानीको सहज सुविधा उपलब्ध गराउन आफूले दिवंगत पितृको सम्झनामा उक्त मेसिन जडान गरिएको उल्लेख गरे ।
हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरि बस्नेत, प्रहरी निरीक्षक प्रमोद खड्का, सामाजिक व्यक्तित्व सन्तोष दुलाल, छवि खतिवडा, व्यवसायी बिजु राई लगायतको उपस्थिति रहेको थियो।
सहयोगी सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सहभागिहरुले युवा व्यवसायी सुवेदीले आफनी हजुरआमाको स्मृतिमा पुरयाँएको यस किसिमको सेवामुखी कार्य प्रशंसनीय भएको चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.