दमक जेसीजको जेसी सप्ताह सम्पन्न

दमक,२२ भदौं । यहाँस्थित दमक जेसीजले आफनो बार्षिक कार्यक्रम अन्तर्गत यसवर्ष पनि समुदाय केन्द्रीत विभिन्न कार्यक्रम गरि जेसीज सप्ताह मनाएको छ । दमक जेसीज वर्ष -२०२६ को जेसी सप्ताहअन्तर्गत विशेष कार्यक्रम गरि यसवर्षको जेसीज सप्ताह औपचारिक रुपमा समापन गरिएको हो ।
दमक जेसीजका अध्यक्ष राजेन्द्र बिमलीको अध्यक्षतामा आयोजित तालिम तथा सप्ताह समापन कार्यक्रम दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

समापनका अवसरमा कार्यक्रम अन्तर्गत संस्थाले विद्यालयका सवारी चालक तथा सहचालकहरूलाई स्कूल यातायात सुरक्षा तथा सडक सुरक्षा सम्बन्धी जागरूकता तालिम प्रदान गरिएको थियो। तालिममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक उमेश प्रसाद यादव र ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक मनोज कुमार खड्गाले सवारी चलाउने चालक र सहचालकहरुलाई सवारी दुर्घटना,सवारी ज्यान मुद्धा ,ऐन कानुन र सवारी साधानको प्रयोग गरी हुने अपराधिक क्रियाकलाप लगायतका विषयमा सहजीकरण गरेका दमक जेसीज सप्ताह कार्यक्रमका संयोजक धर्म ढुङगानाले जानकारी दिए ।

दमक जेसीजका कानुनी सल्लाहकार जेसी विशाल अधिकारीका अनुसार सप्ताहभर विभिन्न सामाजिक, शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।
सप्ताहअन्तर्गत पब्लिक स्पिकिङ तालिम, सामुदायिक विद्यालयका विद्यार्थीहरूको दुर्घटना बीमा, पब्लिक लाइब्रेरी निर्माण, ओपन ब्याडमिन्टन टुर्नामेन्ट, रेफ्रिजरेटर हस्तान्तरण, पिउने पानी तथा मोही वितरण लगायतका कार्यक्रम आयोजना गरिएको थियो।

त्यस्तै, दमकमा आयोजित श्रीकृष्ण रथयात्रामा स्वयंसेवक परिचालन गरी सामाजिक सेवामा समेत जेसीजले सहभागिता जनाएको थियो।समापन कार्यक्रममा विशिष्ट अतिथिमा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, दमक जेसीज बोर्ड अफ ट्रस्टीजका अध्यक्ष गञ्जबहादुर दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा दमक जेसीजका पूर्वअध्यक्षहरू सञ्जीव बराल, कमल कटुवाल, नरेन्द्र बराल र सुयोग खरेल तथा सिनेटरहरू राजकुमार भट्टराई, सीता कार्की र निवर्तमान अध्यक्ष सहदेव भट्टराई लगायतको उपस्थिति रहेको थियो।
दमक जेसीजले जेसी सप्ताहमार्फत युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.