हंसेदुम्से वनमा दंगाल प्यानलनै विजयी

दमक,२२ भदौं । दमकको एकमात्र सामुदायिक बन हंसे दुम्से सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा युवा व्यवसायी योगराज दंगाल निर्वाचित भएका छन् ।
राप्रपा दमक–२ का वडाध्यक्षसमेत रहेका दंगालले नेपाली कांग्रेसका वडा सभापतिसमेत रहेका आफना प्रतिष्पर्धी भागवत दुलाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
दमक -२ स्थित वन समूहको आफनै कार्यालयमा आइतवार विहान ८ वजेदेखि २ वजेसम्म मतदान भएको थियो । निर्वाचनमा दंगालले ७५ मत प्राप्त गरि विजयी हुदाँ पराजित दुलालले ४४ मत प्राप्त गरेका थिए । दुलाल यसअघि करिब १० वर्षदेखि यही समितिको कार्यसमिति सदस्यका रूपमा रहेर काम गरिआएका थिए ।
दमक फन पार्कका सञ्चालकसमेत रहेका दंगाललाई राप्रपासहित नेकपा एमाले, नेकपा तथा अन्य दलको समेत समर्थन रहेको थियो। दुलाल भने नेपाली कांग्रेसको तर्फबाट समर्थनमा उम्मेदवार बनेका थिए ।

निर्वाचन सम्पन्न गर्न बन उपभोक्ता समूहले नेपाल रेडक्रस सोसाईटी दमक शाखालाई जिम्म्ेवारी दिएपछि रेडक्रसकी दमक शाखा संयोजक समेत रहेकी बुढाथोकीको संयोजकत्वमा ६ सदस्यीइ एक निर्वाचन समिति गठन गरेको थियो । बनको निर्वाचनमा यो नै पहिलोपटक महिलाकै अगुवाईमा सभ्य र भव्य रुपले निर्वाचन सम्पन्न भएको थियो ।

यस्तै, उपाध्यक्षमा दंगाल समूहकै उम्मेदवार नन्दीकेशर दंगाल ले ६ मत अग्रताका साथ निर्वाचित भए । उनले ६३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी चन्द्रवीर विश्वकर्माले ५७ मत प्राप्त गरेका थिए । सचिवमा अध्यक्ष दंगालकै प्यानलका उम्मेदवार शुष्मा देवी अधिकारी ७१ मत प्राप्त गरी विजयी भईन् । उनकी प्रतिस्पर्धी टुकाकुमारी बस्नेत अधिकारीले ४८ मत प्राप्त गरिन् ।
सहसचिवमा पनि दंगालकै प्यानलका मनोज बस्नेतले ४४ मत प्राप्त गरि विजयी हुदाँ निकटतम प्रतिस्पर्धीहरू चुडेन्द्र कुमार खड्का र टंकप्रसाद सापकोटाले क्रमशः ३९ र ३७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, कोषाध्यक्षमा अध्यक्ष दंगालकै प्यानलका मायादेवी कोइराला (सिग्देल) विजयी भईन् । उनले ७० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कल्पना राईले ५१ मत प्राप्त गरेकी निर्वाचन समितिका संयोजक गोमा बुढाथोकी प्रसाईले बताईन् ।

लेखा समितिको संयोजकमा ठाकुरप्रसाद लुइँटेल ६४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिष्पर्धी श्यामप्रसाद आचार्यले ५२ मत प्राप्त गरे । लेखा सदस्यद्धयमा तुलसी सापकोटा (६५) , नविन सिंह खड्का (५७) मत ल्याई विजयी भए । उनका प्रतिष्पर्धी युवराज खनाल (५०) र जगतबहादुर श्रेष्ठ (५०) प्राप्त गरेका थिए ।
यसैगरि, १ नम्बर व्लकबाट पदमप्रसाद भटटराई (६५), २ बाट पूर्णवहादुर विष्ट (निर्विरोध), ३ नम्बर व्लक महिलातर्फ बाट प्रेमकला ढकाल (८५), टिकादेवी दुलाल (८७) ,३ नम्बर व्लकबाट पुरुषतर्फ टंकप्रसाद आङदेम्बे (६७), गणेश कुमार राई (६५) र ५ नम्बर व्लकको महिलातर्फ ९० मत ल्याएर गायत्रीदेवी बस्नेत विजयी भईन् । त्यस्तै, तारा गौतम (७५), पुरुषतर्फ सुरेन्द्र नेम्बाङ (७४), प्रेमकुमार बस्नेत (५८), ६ नम्बर व्लकबाट पुरुषतर्फ तुलसी पुरी (६३), ७ नम्बर व्लकबाट दलित महिला उमादेवी विक ( ७६) र पुरुषतर्फ मिलन धिमाल (७०) मत ल्याई सदस्य पदमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक बुढाथोकीले बताईन् ।

हंसे दुम्से सामुदायिक वनका करिब १ हजार ९३ घरधुरी उपभोक्ता सदस्यबाट १२६ जना परिषद् सदस्यले निर्वाचन प्रक्रियामा सहभागिता जनाएका थिए । यसैगरि, नवनिर्वाचित कार्यसमितिको सम्मानमा यहि भदौं २५ गते निर्वाचित प्रमाणपत्र वितरण तथा सपथग्रहण कार्यक्रम राखिएको निर्वाचन समितिकी संयोजक बुढाथोकीले बताईन् ।

निर्वाचन सम्पन्न गर्न बन उपभोक्ता समूहले नेपाल रेडक्रस सोसाईटी दमक शाखालाई जिम्म्ेवारी दिएपछि रेडक्रसकी दमक शाखा संयोजक समेत रहेकी बुढाथोकीको संयोजकत्वमा ६ सदस्यीइ एक निर्वाचन समिति गठन गरेको थियो । बनको निर्वाचनमा यो नै पहिलोपटक महिलाकै अगुवाईमा सभ्य र भव्य रुपले निर्वाचन सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.