प्रेस युनियन इलामको अध्यक्षमा घिमिरे

इलाम,१५ भदौं । नेपाल प्रेस युनियन इलामको अध्यक्षमा गणेश घिमिरे निर्वाचित भएका छन् । आइतबार इलाम सदरमुकाममा सम्पन्न युनियनको दशौं जिल्ला अधिवेशनबाट घिमिरे निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता उत्तम पौडेलले जानकारी दिए ।

निर्वाचन समिति संयोजक पौडेलका अनुसार अधिवेशनबाट घिमिरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । यसैगरि,उपाध्यक्षमा हरिप्रसाद अधिकारी र बालकुमारी पौडेल (प्रतिभा), सचिवमा मनिष बस्नेत, सहसचिवमा कृष्ण पाठक र कोषाध्यक्षमा बेदमाया मुखिया (सोनु) निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा विकास न्यौपाने, शिव थापा, रोशन बुढाथोकी, दुर्गा ढुङ्गेल र सुनिता मगर निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन प्रेस युनियनका महासचिव दिलीप पौडेलले गरेका थिए । उद्घाटनको अवसरमा तीनजना पत्रकारलाई सम्मान गरिएको छ ।
उद्घाटनको अवसरमा युवराज गौतम, सुदिव श्रेष्ठ र लोकेन थेवेलाई सम्मान गरिएको प्रेस युनियन इलामका निवर्तमान सचिव प्रकाश नेपालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.