झापा,१० भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म नुवाकोट र धादिङमा गरि ७ जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार बाढीबाट हालसम्म नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेका छन्।
रेग्मीले घाइतेको उद्धार, शव संकलन र बेपत्ताको खोजीकार्य जारी रहेको बताए।
उनले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको बताए। त्यस्तै उनले मानिसहरू बेपत्ता भएको सूचना आएरहेको र खोजीकार्य पनि जारी रहेको बताए।