दमकमा लुटिएको सटगनसहित २० वर्षीय युवक पक्राउ

दमक,७ भदौं । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६, आइतबारे घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्।
शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त हतियार बरामद गरेको हो।
गत भदौ २३ र २४ गते भएको जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन कर्णले लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कर्णलाई नियन्त्रणमा लिएर उनको साथबाट हतियार खोजतलास गर्दा प्रहरीको कम्बलमा पोको पारी लुकाइएको अवस्थामा सटगन फेला परेको थियो।
प्रहरीका अनुसार १२११११४ नम्बरको उक्त सटगनको ब्यारेल भाँचिएर दुई टुक्रा भएको अवस्थामा फेला परेको छ । प्रहरीले हतियारलाई रीतपूर्वक बरामद गरी कर्णलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.