चट्याङ लागेर गौंरीगञ्जमा एक जनाको मृत्यु

गौरीगञ्ज,९ असार । चट्याङ लागेर झापाको गौरीगञ्जमा आज बिहान एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार आज मंगलवार बिहान करिब ६ बजे गौरीगञ्ज गाउँपालिका–३ स्थित ३ सयपत्री टोल बस्ने चन्द्रमाया श्रेष्ठको घरमा डेरा लिई बस्दै आएका भोजपुर आमचोक गाउँपालिका–९ धुम्बाना जोगेपाथर टोल निवासी श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको हो।
स्थानीयका अनुसार बिहान खेतबारीमा आली तास्ने काम गरिरहेका श्रेष्ठमाथि अचानक चट्याङ परेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले घटनाको आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.