दमक, ६ असार । झापाको कमल गाउँपालिका वडा नं. ५, पाडाजुंगीमा शनिवार आयोजित रक्तदानमा ४४ पिन्ट रगत संकलन भएको छ । स्थानीय चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड (शाकोस) को १६ औ स्थापना दिवस तथा १५ औ बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको रक्तदानमा संस्थाका सचिव सञ्जय कुमालसहित सञ्चालक ,शेयर सदस्य, कर्मचारीहरु लगायतले रगतदान गरेका अध्यक्ष शेरवहादुर श्रेष्ठले जनाएका छन् ।
संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त रक्तदानमा संस्थाका सञ्चालक समिति सदस्य भीमबहादुर कार्की,विभिन्न उपसमितिका सदस्यहरु सन्तोष कोइराला, सविता कार्की, कर्मचारीहरु पूजा बुढाथोकी, रिता विक ,शेयर सदस्यहरु किसन राई, युवराज कार्की,अनिषा कुमाल, ताराबहादुर खड्का लगायतले रगतदान गरेका थिए । रक्तदान नेपाल रेडक्रस सोसाइटी दमक शाखाले प्राविधिक सहयोग भएको थियो।
रक्तदानसँगै आयोजित निःशुल्क दन्त शिविरबाट ३७ जना सर्वसाधारणले सेवा लिएको संस्थाका सचिव सञ्जय कुमालले जानकारी दिए । दन्त शिविर स्थानीय कमल डेन्टल क्लिनिकले प्राविधिक सहयोग पुरयाँएको थियो । शिविरमा दन्त रोग बिशेषज्ञ डा. अमितकुमारले दन्त परीक्षण गर्नुका साथैं आवश्यक स्वास्थ्य परामर्श दिएका थिए ।
नेपाल रेडक्रस सोसाईटी कमल शाखाका सभापति चन्द्र साहको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
रक्तदाताहरुलाई प्रंशसा पत्रसहित टिसर्ट वितरण गरिएको थियो भने कार्यक्रममा बार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको केक काटेर सहभागीहरुवीच खुसी साटासाट गरिएको थियो । अध्यक्ष श्रेष्ठका अनुसार संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष नियमित रूपमा रक्तदान तथा स्वास्थ्य शिविर जस्ता मानवीय सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममा कमल गाउँपालिका सहकारी समन्वय समितिका अध्यक्ष प्रमोद दाहाल , रेडक्रस दमकका रक्तसञ्चार प्रवद्र्धक सिद्धार्थ दाहाल,संस्थाका उपाध्यक्ष प्रेम काकी,सञ्चालकहरु, शेयर सदस्यहरु लगायतको समेत उपस्थिति रहेको थियो ।

