दमक,१ बैशाख । नयाँ वर्ष -२०८३ का अवसर पारेर झापाको कमल गाउँपालिका -५ राधाकृष्णटोलस्थित टोपीडाँडामा मंगलवार आयोजित रक्तदान कार्यक्रममा ४४ पिन्ट रगत संकलन भएको छ ।
टोपीडाँडा युवा समूहले आयोजना गरेको रक्तदानमा १२ महिलासहित ४४ जनाले रगतदान गरेको कार्यक्रम संयोजक पूरण भण्डारीले बताए । रगतको अभाव हुन नदिन समूहले बार्षिक कार्यक्रम अन्तर्गत खुला रक्तदान गरिआएको छ ।
समूहका अध्यक्ष नविन घिमिरेको अध्यक्षतामा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाईटी कमल शाखाका सचिव पारषमणि राई, कपिल प्रसाद आचार्य, लक्ष्मीप्रसाद खतिवडा, यामप्रकाश सुब्बा, टिकाराम खतिवडा, रमेशकुमार भटटराई, दिवस दाहाल, कुमार खतिवडा, पूरण भण्डारी लगायतले रगतदान गरेका थिए ।दुई वर्ष अघि स्थापना भएको उक्त संस्थाले गतवर्ष पनि रक्तदानसहित विभिन्न सामाजिक कार्यहरु सञ्चालन गरिआएको अध्यक्ष नविन घिमिरेले बताए ।
रक्तदान कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, रेडक्रस कमल शाखाका सभापति चन्द्र साह, राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष विरेन्द्र तिवारी, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम, सामाजिक अभियन्ता रेवतचन्द्र भण्डारी, दमक पालिका रेडक्रसका प्रवद्र्धक सिद्धार्थ दाहाल लगायत समूहका पदाधिकारी, सदस्यहरु, टोलबासीहरुको उल्लेखीय उपस्थिति रहेको थियो । रक्तदान रेडक्रस दमक पालिका शाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
