दमकमा करेन्ट लागेर साहको मृत्यु

दमक ,१४ चैत । झापाको दमकमा करेन्ट लागेर एकजना युवाको ज्यान गएको छ ।
दमक नगरपालिका वडा नम्बर– ८ सेतुमारी रोडमा सञ्जय– विजय किराना पसल सञ्चालन गरी आएका विजय शाहका २६ वर्षीय छोरा निरज साहको आज बिहान करेन्ट लागेर ज्यान गएको हो।
प्रहरीका अनुसार आज बिहान ७ बजे पसलदेखि घरमा जोडिएको सिसी क्यामेराको तार काट्ने क्रममा अचानक हाइटेन्सन लाइनमा छुन पुग्दा साहलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकको लाइफलाईन अस्पतालमा पुर्याउनसाथ ज्यान गएको थियो ।
सरल तथा मित्रवत स्वभावका उनको अकल्पनीय निधनले सेतुमारी सडकको टोलवासीहरु शोकमग्न भएका छन् । उनको पार्थिव शरीर आज दिउँसोनै कन्काई नदीमा अन्त्येष्टि गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.