सिटी र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

झापा,१० चैत । सिटी सफारी र मोटरसाईकल एकापसमा ठक्कर खादा झापाको कचनकवलमा एक जनाको ज्यान गएको छ ।यसरी ज्यान गुमाउनेमा कचनकवल गाउँपालिका–४ का ५० बर्षिय मोटरसाइकल चालक शुकदेव गणेश रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबारराति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो । सो दुर्घटना चालक गणेश गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल उपचारका लागि पठाइएकामा अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न सिटी चालक स्थानीय १९ बर्षिय सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.