झापाको कमलमा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम

दमक,१७ माघ । कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा शुक्रवार कमल गाउँपालिका, झापामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम रूपमा सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोग तथा स्थानीय स्काउट कार्यालय र कमल गाउँपालिकाको व्यवस्थापनमा भएको सो कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक हिक्मतकुमार कार्कीले गरे ।

कार्यक्रम सहभागि स्काउटका बालबालिकाहरुले मुख्यमन्त्री कार्कीसंग स्काउट संगै बालबालिकाकाहरुको सरोकारका विषयमा प्रत्यक्ष अन्तरकृया गरेका थिए।बालबालिकाका जिज्ञासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै मुख्यमन्त्री कार्कीले उनीहरूको अधिकार, शिक्षा, सुरक्षा र नेतृत्व विकासका विषयमा प्रदेश सरकार गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पारे ।
बालमैत्री प्रदेश निर्माणका लागि प्रदेश सरकार निरन्तर रूपमा क्रियाशील रहने उनले प्रतिबद्धता जनाए ।कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गरेका थिए ।
कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, सामाजिक विकास मन्त्रालयका उपसचिव दुर्गा प्रसाद सिग्देल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद तथा बालमैत्री नीतिसम्बन्धी विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। कमल- २ स्थित महेन्द्ररत्न माविमा भएको सो कार्यक्रममा कोशी प्रदेशभरबाट ४०० भन्दा बढी स्काउट बालबालिकाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.