चुलाचुली स्कूलले मनायो ४६ औ बार्षिकोत्सव

दमक,१७ माघ । दमक १ मा रहेको चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले आफनो ४६ औ बार्षिकोत्सवका अवसर पारेर शुक्रवार अभिभावक– विद्यार्थी उत्सवसहित विज्ञान तथा खाद्य प्रर्दशनी कार्यक्रमको आयोजना गरेर भव्य रुपले मनाएको छ ।

स्कूलले अभिभावक तथा विद्यार्थीहरुको सहभागितामा बार्षिकोत्सवलाई विशेष उत्सवका रुपमा अघिल्ला वर्षझै यसवर्ष पनि विविध कार्यक्रम गरि सम्पन्न भएको प्रिन्सीपल चन्द्रप्रकाश राईले बताएका छन् ।
स्कूलमा आयोजित सो कार्यक्रममा विद्यार्थीहरुले तयार गरेका विभिन्न खाद्य परिकार, घरेलु सामाग्रीहरु तथा विज्ञान सम्बन्धी शैक्षिक प्रर्दशनी गरिएको उनले बताए ।

दमक नगरपालिका शिक्षा तथा खेलकुद शाखाका अधिकृत सोमनाथ गुरागाईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यार्थीहरुले आर्कषक नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
सो अवसरमा विद्यार्थीहरुले तयार रैथाने र स्थानीय खाद्य परिकारहरु, फूलका सामाग्रीहरु प्रर्दशनी गर्नुका साथैं विक्री समेत गरेका थिए । प्रर्दशनीबाट प्राप्त हुने रकम विद्यार्थीहरुले विभिन्न सामाजिक कार्यमा खर्च गर्देआएका छन् ।

प्रर्दशनीमा राखिएका सामाग्रीहरुको अवलोकन गर्न स्वम विद्यार्थीहरु, अभिभावकहरुको दिनभरिनै भीड लागेको थियो । अवलोकनमा पुगेका सर्वसाधारणहरुले विद्यार्थीहरुसंग प्रत्यक्ष अन्तरकृया समेत गरेका प्रिन्सीपल राईले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुले तयार गरेका कतिपय विज्ञानका नयाँ कतिपय अभिभावक तथा विद्यार्थीहरुले सामाग्रीहरुका बारेमा विद्यार्थीहरुले जानकारी लिएका थिए । प्रर्दशनीमा राखिएका चार वटा स्टलहरुको अवलोकन गर्न दिनभरि निकै भिड लागेको थियो ।

स्कूलका संस्थापक निर्देशक मनोज साम्पाङ राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी घनेन्द्र राज योङया, दमक -१ का पूर्व वडाध्यक्ष ताराप्रसाद अधिकारी, स्थानीय टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरु, अभिभावक,शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
स्कूलले कार्यक्रम सफल बनाउन सहयोग पुरयाँउने अतिथि तथा अभिभावकहरुलाई मायाको चनो समेत वितरण गरिएको थियो ।
दमककै पूरानो मानिने यस स्कूलले ४६ वर्षदेखि गुणस्तरिय शैक्षिक पठनपाठन तथा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा समेत अव्वलता हासिल गरिआएको छ ।

 

Leave a Reply

Your email address will not be published.