अग्नीपीडित दमकका दुई व्यवसायीलाई राहत

दमक,१२ माघ । दमक उद्योग वाणिज्य संघले आगलागी पीडित दुई जना व्यवसायीलाई राहत प्रदान गरेको छ । संघको राहत कोष वापत दमक- ९ स्थित पञ्चकन्या नुडल्सका व्यवसायी पदम भण्डारी र दमक- ६ का ढाकाटोपी व्यवसायी युवराज कोजुलाई नगद राहत उपलव्ध गराइएको अध्यक्ष गोपाल गुरागाईले बताए ।

उनका अनुसार राहत कोषमा आवद्ध भएवापत व्यवसायी भण्डारीलाई रु ५० हजार र श्रेष्ठलाई रु २० हजार प्रदान गरिएको हो । आइतवार दुवै व्यवसायीको पसलमै पुगेर उक्त राहत रकम वितरण गरिएको कार्यालय प्रमुख निरज विष्टले बताए । राहत वितरणमा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । संघले कोष स्थापना गरि विपत्तमा परेका व्यवसायीलाई राहत उपलव्ध गराउदै आएको छ ।

गत पुस २५ गते विद्युत सर्ट भई भण्डारीको घरमै रहेको उद्योगमा आगलागी हुदाँ करिव २ करोड बराबरको धनमालमा पूर्ण रुपमा क्षति हुन पुगेको थियो । यता एक साता अघि दमकको नमुना वजारमा ढाकाटोपीको व्यवसाय सञ्चालन गर्देआएका व्यवसायी कोजुको पसलमा विद्युत सर्ट भई आगलागी भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.