झापाका १५ जना युवालाई ‘पौरखी जेनजी सम्मान’

बिर्तामोड ,१२ माघ । झापाका १५ जना विभिन्न क्षेत्रका नयाँ पुस्तालाई ‘पौरखी जेनजी सम्मान’ प्रदान गरिएको छ । काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिले लोकतन्त्र पोस्ट म्यागजिन लोकार्पण समारोहमा आइतवार बिर्तामोडमा आयोजित कार्यक्रमका बीच श्रम, सिर्जना र आत्मनिर्भरताको बाटोमा हिडेका २८ वर्ष उमेर समूहका १५ जना जेनजी युवालाई सम्मान गरेको हो । पत्रिकाले जेनजी पुस्तालाई केन्द्रमा राखेर म्यागजिन तयार गरेको छ ।

गीत संगीत, खेलकुद, स्वास्थ्य, डिजिटल मार्केटिङ, वन्यजन्तु संरक्षक, नवप्रवर्तक, गायक, उद्यमी, धार्मिक अभियन्ता, पर्वतारोही, फुटबलर, जलवायु अभियन्ता, क्रिकेटर, कला-मोडलिङ विधाबाट आफूलाई अब्बल रुपमा स्थापित गर्न सफल युवालाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा कन्टेन्ट क्रिएटर स्वेता बुढाथोकी, वन्यजन्तु संरक्षक कृपेश कार्की, कराते खेलाडी कृपा चापागाई, जीवनरक्षा होम केयरका संस्थापक सीइओ डा.(सीआर)चेवनराज कार्की, गायिका रचना रिमाल, नवप्रवर्तन सविन बास्कोटा, गायक अशोक दर्जी, उद्यमी कृपा ढकाल, धार्मिक अभियन्ता हरिकृष्ण भण्डारी, पर्वतारोही जयराम दाहाल, फुटबलर अनन्त तामाङ, जलवायु अभियन्ता तनुजा पाण्डे, क्रिकेटर अंकित सुवेदी, राहुल-तेज-उत्सवको समूहलाई उनीहरुले बनाएको वाइफाई थिप डिटेक्टर नाम एप इजरायलको राउन्डस् एआई लिले १३ लाख रुपैयाँमा खरिद गरेको, कला -मोडलिङ मनिषा राजवंशीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी,लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहन काजी, सम्पादक अम्विका भण्डारी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले संयुक्त रुपमा सम्मान गरेका थिए । उनीहरुलाई सम्मानपत्रसहित खादा पहिर्याइएको थियो ।
सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरीको संयोजकत्वमा बनेको छनौट समितिले १ सय ५४ जना पौरखी युवाहरु मध्येबाट १५ जनालाई छनौट गर्दै वर्ष ९ अंक १ लोकतन्त्र पोष्ट म्यागेजिनको लोर्कापणसँगै सम्मान गरिएको थियो ।

छनौट समितिमा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष एवम् अधिवक्ता तारामणि सापकोटा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष अर्जुन राजवंशी, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक मणिकुमार लिम्बू, मेची बहुमुखी क्याम्पसको लाईब्रेरीमा कार्यरत वरिष्ठ कर्मचारी एवम् पत्रकार पुजन आचार्यसहितको समावेशी सहभागिता रहेको संयोजक गिरीले बताए ।

 

Leave a Reply

Your email address will not be published.