विष्णुकठ्ठामा महिला फुटबल : बेलवारी सेमिफाइनलमा प्रवेश

दमक,२९ पुस । झापाको कमल गाउँपालिका -७ विष्णुकट्ठामा जारी दोस्रो सृजनशील नकआउट महिला फुटबल प्रतियोगिता–२०८२ को आज भएको खेलमा बेलबारी फूटवल क्लव मोरङ विजयी भएको छ ।
कमल ७ विष्णुकट्ठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेल मैदानमा भएको खेलमा काकड्भिटटाको पशुपति फूटवल क्लवलाई ट्राइवेकरमा हराउदै बेलवारीले जित निकालेको हो ।
निर्धारित समय भित्र दुवै टिमले २ –२ गोल गरि बराबरी खेलेपछि खेल ट्राइवेकरमा परिणत भएको थियो । ट्राइवेकरमा ४–३ गोलको अन्तरले बेलवारी विजयी बन्यो । सो खेलको म्यान अफ दि म्याचबाट बेलवारीकी गोलरक्षक भूमिका मगर पुरस्कृत भईन् ।
यो खेलसंगै पहिलो चरणको समिकरण सकिएको छ । भोलि बुधबारदेखि सेमिफाइनलका खेलहरु शुरु हुने छन् । सेमिफाइनको पहिलो खेल आयोजकका विरुद्ध केचना फूटवल क्लव पथरी वीच हुने क्लवले जनाएको छ । त्यस्तै, १ माघमा बेलवारी फूटवल क्लव र टाँडी स्पोर्टिङ क्लववीच खेल हुने छ ।
सृजनशील युवा क्लवले आयोजना गरेको सो प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११, उपविजेता टिमले नगद रु. ५५ हजार ५५५ सहित मेडल ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने क्लवका सचिव विक्रम निरौलाले बताए ।
२६ पुसदेखि ३ माघसम्म चल्ने उक्त प्रतियोगितामा आयोजकसहित ८ वटा टिमले भाग लिएका छन् ।

 

Leave a Reply

Your email address will not be published.