मोटरसाइकल दुर्घटनामा गुरुङको ज्यान गयो

मोरङ,२४ पुस । मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित सडकमा बुधबार राति मोटरसाइकल दुर्घटनामा परेर पथरीका ३२ वर्षीय विजय गुरुङको ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।
जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ६ प २५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना पनि घाइते भएका छन्। घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.