काम गर्न मेरो उम्मेदवारी : देवेन्द्र सुब्बा ( सदस्यका उम्मेदवार )

दमक ,१२ पुस । दमकमा लामोसमयदेखि इलेक्ट्रीकल व्यवसाय गरिआएका देवेन्द्र चेम्जोङ सुब्बा परिचित नाम हो । उनले दमक उद्योग वाणिज्य संघको यहि १८ पुसमा हुन गईरहेको निर्वाचनमा खुल्ला सदस्यतर्फ उम्मेदवारी दिएका छन् । उनी दमक – ६ फाल्गुनन्द चौंकस्थित सुर्योदय सप्लायर्सका सञ्चालक हुन् ।
व्यवसायसंगै लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ दमका अध्यक्ष भएर सेवा पुरयाँउदै आएका उनी व्यवसायीका हितका निम्ति काम गर्न आफू सदस्यका प्रत्यासी भएको बताउँछन् ।
रहर ,सनकले उम्मेदवारी दिएको होइन भन्दै उनले व्यवसायीका साझा मुद्धासंग जुध्न आफूले उम्मेदवारी दिएको स्पष्ट पार्छन् । उनले भने, –‘ दमकमा यतिका लामोसमयदेखि व्यवसाय गरिआएको छु ,व्यवसायका कस्ता,कस्ता समस्याहरु छन् ? त्यो बुझेको छु , त्यसैले पनि एक पटक सेवा गर्ने अवसर दिनुहोस । ’

Leave a Reply

Your email address will not be published.