गोपाल गुरागाई नेतृत्वको प्यानलबाट उम्मेद्वार बनेकी उनले सबै ब्यवसायीका साझा नेतृत्व बनाउदैं दमकको ब्यवसायिक प्रबद्र्धनका लागि योगदान दिन आफूले उम्मेदवारी दिएकी बताउँछिन् । ‘उपाध्यक्षमा महिला ,भोट हालौ पहिला’ भन्ने सन्देसका साथ आफनो सन्देस सुनाउदै उनले उद्योगी,व्यवसायीहरुको पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएकी बताईन् । सदस्य भएर जति काम गर्न सके अव महिला उपाध्यक्ष भएर काम गर्न इच्छा भएकाले पनि आफू उम्मेदवार बनेकी उनको भनाई छ । पद ओगट्न होइन , पद अनुसार यहाँका उद्योगी,व्यवसायीहरुको हरेक मुद्धामा काम गरेर देखाउन पनि आफू निर्वाचनमा होमिएको उम्मेदवार तुम्बापो बताउँछिन् ।
. ……………………………………………………………………………………………………………………………….
दमक ,१० पुस । दमकको उद्योगी,व्यवसायीहरु माझ चिनिएको नाम हो संगीता राई तुम्बापो । दमकका उद्योगी ,व्यवसायीहरुको संस्था दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेकी तुम्बापो दमक वजारमा रहेको इन स्टाइल फेसन वेयरकी सञ्चालिका हुन् । सदस्य जित्दा उनले सवैभन्दा सर्वाधिक मत पाएकी थिइन् ।
दमकलाई कर्मथलो बनाएर दशक यता रेडिमेड कपडाको व्यापार गरिआएकी सफल व्यवसायी उनी व्यापारसंगै सामाजिक संघसंस्थाहरुमा क्रियाशील छिन् । उनी लायन्स क्लव अफ हेल्पिङ हर्टकी अध्यक्ष लगायतका सेवामुखी संस्थाहरुमा सक्रिय भई मानवीय तथा परोपकारी सेवा पुरयाँउदै आएकी छन् ।
आफनो ब्यबसायमा मात्रै केन्द्रित नभएर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहँदै आएकी उनी दमक उद्योग बाणिज्य संघको आगामी पुस १८ गते हुने निर्वाचनमा महिला उपाध्यक्षकी उम्मेदवार छिन् ।
गोपाल गुरागाई नेतृत्वको प्यानलबाट उम्मेद्वार बनेकी उनले सबै ब्यवसायीका साझा नेतृत्व बनाउदैं दमकको ब्यवसायिक प्रबद्र्धनका लागि योगदान दिन आफूले उम्मेदवारी दिएकी बताउँछिन् । ‘उपाध्यक्षमा महिला ,भोट हालौ पहिला’ भन्ने सन्देसका साथ आफनो सन्देस सुनाउदै उनले उद्योगी,व्यवसायीहरुको पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएकी बताईन् । सदस्य भएर जति काम गर्न सके अव महिला उपाध्यक्ष भएर काम गर्न इच्छा भएकाले पनि आफू उम्मेदवार बनेकी उनको भनाई छ । पद ओगट्न होइन , पद अनुसार यहाँका उद्योगी,व्यवसायीहरुको हरेक मुद्धामा काम गरेर देखाउन पनि आफू निर्वाचनमा होमिएको उम्मेदवार तुम्बापो बताउँछिन् ।
संघका अध्यक्ष गोपाल गुरागाईको नेतृत्वमा उम्मेदवार बनेकी उनले आम व्यवसायीहरुका माझ पुग्दा निकै माया, सद्भाव पाएकी बताईन् । भन्छिन्, –‘ यहाँका ब्यवसायीका हरेक समस्यासंग जुध्न, दुःख सुखका सारथी भएर काम गर्न आफनो जिम्मेवारीलाई इमान्दारिताका साथ सम्हाल्ने छु। ’
दमकका उद्योगी व्यवसायीहरुका दुःख, सुखमा निरन्तर काम गरिआएको उल्लेख गर्दे उनले दमकको व्यापार, उद्योग र सेवाक्षेत्रलाई सदस्यमैत्री र सवल बनाउन खाँचो रहेकोमा यसमा क्रियाशील हुने विचार राख्छिन् । दमकका सवै उद्योगी,व्यवसायीहरुको साथ र सहयोग पाउनेमा विश्वस्त रहेको भन्दै उनले सवैको सहयोगका लागि आग्रह समेत गरेकी छन् ।
